एसिया कप भदौमा, एक एसोसिएट राष्ट्र छानिन बाँकी
काठमाडौं । एसिया कप टि–२० क्रिकेट प्रतियोगिता भदौं ११ देखि २६ गते (२७ अगष्ट देखि ११ सेप्टेम्बर) सम्म श्रीलंकामा हुने भएको छ ।
श्रीलंकामा शनिबार बसेको एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक साधरण सभाले उक्त निर्णय गरेको हो ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ६ टोलीले सहभागिता जनाउँदैछन् । जसमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ ।
साथै, एउटा एसोसिएट टोली भने छनोट हुन बाँकी छ । युएई, सिंगापुर, कुवेत र हङकङमध्यै एक टोली एसिया कपको लागि छनोट हुनेछन् ।
नेपाल भने एसिया कपको दौडबाट बाहिरिइसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया