सिक्किम घुम्न गएका ३ नेपालीको हिमपहिरोमा परी मृत्यु, ३ घाइते
काठमाडौं । भारतको सिक्किममा गएको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
मंगलबार दिउँसो सिक्किमको गान्तोक–नाथुला सडकमा गएको भीषण हिमपहिरोमा परी सात जनाको मृत्यु भएको थियो । जसमध्ये तीन नेपाली रहेको खुलेको छ ।
सिक्किम सरकारले एक विज्ञप्ति जारी गर्दै तीन नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् ।
सोही घटनामा थप तीन नेपाली घाइते भएका छन् । घाइते हुनेमा गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनाल छन् । उनीहरूको अहिले उपचार भइरहेको सिक्किम सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरू घुम्ने प्रयोजनका लागि नेपालबाट त्यहाँ गएका थिए ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया