सिक्किम घुम्न गएका ३ नेपालीको हिमपहिरोमा परी मृत्यु, ३ घाइते

काठमाडौं । भारतको सिक्किममा गएको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
मंगलबार दिउँसो सिक्किमको गान्तोक–नाथुला सडकमा गएको भीषण हिमपहिरोमा परी सात जनाको मृत्यु भएको थियो । जसमध्ये तीन नेपाली रहेको खुलेको छ ।
सिक्किम सरकारले एक विज्ञप्ति जारी गर्दै तीन नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् ।
सोही घटनामा थप तीन नेपाली घाइते भएका छन् । घाइते हुनेमा गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनाल छन् । उनीहरूको अहिले उपचार भइरहेको सिक्किम सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरू घुम्ने प्रयोजनका लागि नेपालबाट त्यहाँ गएका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया