पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ गम्भीर अपराधका अभियोग
न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकासँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।
न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।
अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हत्कडी पनि लगाइएको थिएन ।
अदालतमा उनी आफ्ना कानुन व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया