आज प्रतिनिधिसभामा कुन–कुन विधेयक टेबुल भए ?
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन ९२०७८ साउन( २०७९ आसार) पेस गरिन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरे । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया