‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुने भएका छन् ।
आयोजकका अनुसार, आज मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लब तथा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच दुई खेल हुँदैछन् ।
मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबको खेल च्यासल मैदान र एफसी–जावलाखेलको खेल एन्फा कम्प्लेक्समा हुने तय छ । दुवै खेल दिउँसो २ बजे सुरु हुनेछ ।
५ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको मनाङ र १२ औं स्थानमा रहेको फ्रेन्ड्स दुवै आज जितको खोजीमा हुनेछन् ।
त्यसैगरी, खुमलटार तेस्रो जितको खोजीमा हुनेछ भने जावलाखेल पाँचौं जितको दाउमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया