दुई करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसदमाथि छानविन हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले २ करोड अडियो प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठबारे छानविन हुने बताएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि मन्त्री श्रेष्ठले अनुसन्धान हुने बताएका हुन् ।
‘दुई करोडको कुरा आएको छ । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ’, सोमबार चितवनमा सञ्चारकर्मीसँग उनले भने ।
रास्वपाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले मन्त्री हुनुअघि सभापति रवि लामिछानेका कोर टिमलाई दुई करोड बुझाउने पर्ने बाध्यता देखाउँदै प्रसाईंसँग रकम मागेका थिए ।
उक्त अडियो उपचुनावको मुखमै सार्वजनिक भएपछि चौतर्फी रूपमा आलोचना भएको छ । यस विषयमा रविले ७२ घण्टाभित्र दोषी उपर कारवाही गर्ने प्रष्टिकरण दिइसकेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया