नासाले सार्वजनिक गर्यो नयाँ विशाल रकेट
काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले पहिलोपटक आफ्नो विशाल रकेट प्रक्षेपण गरेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) भनिने विशाल रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरको प्याड ३९ बि मा पुर्याइएको हो ।
प्रक्षेपण सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जानका लागि तयार हुनेछ, तर त्यसका लागि अझै केही महिना लाग्ने नासाले जनाएको छ ।
अन्तरिक्ष यात्रीहरू यस दशकको अन्त्यतिर केही समय पछि चन्द्रमाको सतहमा जान एसएलएस रकेट चढ्न सक्नेछन् । यी मिसनहरू नासाको आर्टेमिस कार्यक्रमअन्र्गत पर्छन् । एक सय मिटर अग्लो एसएलएस सन् १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो ।
अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ । केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलोपटक बिहीबार बाहिर निकालिएको थियो ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया