राजस्व हिनामिना आरोपमा मालपोत प्रमुखसहित चारजनाविरूद्ध मुद्दा दायर
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल, गम बहादुर विश्वकर्मा, नायव सुब्बा मदन प्रसाद गुप्ता, लेखापाल नागेन्द्र प्रसाद चौधरी उपर आज विषेश अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मालपोत कार्यालय, पर्सामा आ.व. २०७२।०७३ मा जग्गा किनवेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो ।
उक्त निवेदनमा अनुसन्धान हुँदा विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न ती कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया