जनवरीमा भएको अडियो चुनावको मुखमा सार्वजनिक गर्नु पार्टीविरूद्ध षड्यन्त्र हो : ढाकाकुमार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले निर्वाचनको मुखमा पुरानो अडियो सार्वजनिक गर्नु पार्टीविरूद्ध षड्यन्त्र भएको बताएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माघ १ गते २ करोड रूपयाँ मागिएको अडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका हुन् । यसअघि उक्त अडियो आफ्नो नभएको दाबी गरेका श्रेष्ठले बुधबार अपरान्ह पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गरी उपनिर्वाचनमा पार्टीलाई हराउन षड्यन्त्र गरिएको आरोप लगाए ।
‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो । तीन वटै निर्वाचन क्षेत्रमा हराउन सुनियोजित योजना हो’, उनले भने ।
अडियो सार्वजनिक भएपछि सभापति रवि लामिछानेले ७२ घण्टाभित्र सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए । सोही विषयमा निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति बैठक जारी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया