पहिलो लेगमा मिलानसँग हार्यो नापोली
काठमाडौं । एसी मिलानसँग नापोली पराजित भएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको गएराति सम्पन्न पहिलो लेगमा इटालियन क्लब मिलानले सिरी ए प्रतिद्वन्दी नापोलीलाई १–० गोलान्तरमा पराजित गरेको हो ।
मिलानको यो जितमा इस्माइल बेनेसरले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा राफायल लियोको पास सदुपयोग गर्दै गोल गरेका हुन् ।
निकै रोमाञ्चक खेलको ७४ औं मिनेटमा नापोली १० औं खेलाडीमा खुम्चिएको थियो । आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सीमित बनेको हो ।
यी दुई टोलीबीचको दोस्रो लेग अब अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया