पहिलो लेगमा मिलानसँग हार्यो नापोली

काठमाडौं । एसी मिलानसँग नापोली पराजित भएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको गएराति सम्पन्न पहिलो लेगमा इटालियन क्लब मिलानले सिरी ए प्रतिद्वन्दी नापोलीलाई १–० गोलान्तरमा पराजित गरेको हो ।
मिलानको यो जितमा इस्माइल बेनेसरले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा राफायल लियोको पास सदुपयोग गर्दै गोल गरेका हुन् ।
निकै रोमाञ्चक खेलको ७४ औं मिनेटमा नापोली १० औं खेलाडीमा खुम्चिएको थियो । आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सीमित बनेको हो ।
यी दुई टोलीबीचको दोस्रो लेग अब अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया