चेल्सीको पोस्टमा रियलको दुई गोल
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई हराएको छ । बुधबार राति सम्पन्न खेलमा मड्रिडले चेल्सीलाई २–० गोल अन्तरमा हराएको हो ।
रियलको यो जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले समान एक/एक गोल गरे । बेन्जिमाले २१ औं र एसेन्सियोले ७४ औं मिनेटौंमा गोल गरेका हुन् ।
डिफेन्डर बेन चिलबेलले ५९ औं मिनेटमा रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा खुम्चिएको थियो ।
यी टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया