घरेलु मैदानमा रियलको अप्रत्यासित फराकिलो हार
काठमाडौं । रियल म्याड्रिडले बार्सिलोनासँग अप्रत्यासित र फराकिलो हार बेहोरेको छ । स्पेनिस ला लिगाअन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा रियल ४–० गोल अन्तरमा पराजित भएको हो ।
बार्सिलोनाका लागि पिएर एमरिकले दुई तथा अराउजो र टोरेजले एक एक गोल गरे ।
बार्सिलोनासँग पराजित भए पनि रियल शीर्ष स्थानमा कायम छ । २९ खेलबाट उसले हालसम्म ६६ अंक जोडेको छ ।
रियललाई हराउने बार्सिलोना भने तेस्रो स्थानमा छ । २८ खेल खेलेको उसको ५४ अंक छ । सेभिल्ला २९ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया