प्रकाश सपुतको नयाँ गीत सार्वजनिक, सुरुमै युट्युब ट्रेन्डिङको एक नम्बरमा (भिडियोसहित)
काठमाडौं । फरक विषयवस्तु र स्वादका गीत पस्किँदै आएका गायक प्रकाश सपुतले नयाँ कोसेली ‘सकम्बरी’ सार्जननिक गरेका छन् ।
सपुतको आफ्नै शब्द, लय र स्वर रहेको गीत बिहीबार सार्वजनिक भएको हो । गीतमा सपुतसँगै बर्ता गन्धर्वको पनि स्वर छ ।
सुदीप सागरले संगीत संयोजन गरेको गीतमा कलाकार बन्ने सपना देखेर सहर पसेकी कमजोर आय भएको परिवारमा जन्मिएकी युवती त्यसलाई पछ्याएर अघि बढ्ने क्रममा फसेको दलदललाई वर्णन गरिएको छ ।
गीतको म्युजिक भिडियोमा कलाकारहरू सुनिल थापा, कुशुम शर्मा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारीलगायत छन् । अभिनयसँगै भिडियोको निर्देशन पनि सपुतले गरेका छन् ।
गीतलाई स्रोता तथा दर्शकले निकै रुचाएका छन् । २३ घण्टामा ८ लाख १२ हजार भ्युज पाएको गीत ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया