एमबाप्पेले तोडे काभानीको रेकर्ड

काठमाडौं । केलियन एमबाप्पे लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
पिएसजीका लागि १६७ लिग खेलमा सहभागी एमबाप्पेले १३९ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
यसअघि लिग वान फुटबलमा पिएसजीबाट सर्वाधिक गोलकर्ताको रेकर्ड एडिन्सन काभानीको नाममा थियो ।
यसैबीच, फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पिएसजीले सहज जित हात पारेको छ ।
गएराति सम्पन्न खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलान्तरमा हराएको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पे, भितिन्हा र मेसीले समान एक एक गोल गरे ।
खेलको ६० औं मिनेटमा पिएसजीका खेलाडीको गल्तीका कारण लेन्सले पेनाल्टीको मौका पायो । जसको सदुपयोग गर्दै फ्रान्कोवस्कीले एक गोल गरे ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया