छायादेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने
काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आइपीओ बिक्री गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यसका लागि छायाँदेवी कम्प्लेक्स लिमिटेड र प्रभु क्यापिटलबीच आइतबार सम्झौता भएको छ । यसले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।
सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
छायाँदेवी कम्प्लेक्स लिमिटेडले हाल काठमाडौंको प्रमुख व्यापारिक स्थान तथा पर्यटकीय केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । यो कम्प्लेक्सको क्षेत्रफल ३ लाख ५० हजार वर्गफिटभन्दा बढी रहेको छ । यो नेपालमै ठूलो व्यापारिक कम्प्लेक्समध्येको एक हो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया