पाटन अस्पतालमा सेवा लिन ३ देखि ४ घण्टासम्म कुर्नुपर्ने
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना चिकित्सकले ४० देखि ५० जना बिरामी परीक्षण गर्नुपर्ने बाध्यताले सेवा लिन ३ देखि ४ घण्टासम्म कुर्नुपर्ने अवस्था आएको छ ।
महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले अस्पतालमा दैनिक औसत एक हजार सात सयसम्म बिरामीको चाप रहेकोले एक जना चिकित्सकले ४० देखि ५० जना बिरामी परीक्षण गर्नुपर्दा सेवा लिन बिरामीले ३ देखि ४ घण्टा प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।
त्यस्तै, अस्पतालमा दूरबिनको सहायताले गरिने शल्यक्रियाको लागि २ महिना, यूरो सर्जन गर्न ४ हप्ता, नाक, कान, घाँटीको शल्यक्रिया गर्न १२ हप्ता , नयाँ हेमोडाईलासिस सेवाका लागि ४ देखि ५ महिना कुर्नुपर्ने अवस्था छ । अस्पतालमा मेसिनरी उपकरणको अभावले डेन्टल इम्प्लान्ट, थेरासिस उपचार, कार्डियाक भाष्कुलर सेवा, आँखाको लेजर, रेटिना केयर लगायतका सेवासमेतउपलब्ध हुन सकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया