पाटन अस्पतालमा सेवा लिन ३ देखि ४ घण्टासम्म कुर्नुपर्ने
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना चिकित्सकले ४० देखि ५० जना बिरामी परीक्षण गर्नुपर्ने बाध्यताले सेवा लिन ३ देखि ४ घण्टासम्म कुर्नुपर्ने अवस्था आएको छ ।
महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले अस्पतालमा दैनिक औसत एक हजार सात सयसम्म बिरामीको चाप रहेकोले एक जना चिकित्सकले ४० देखि ५० जना बिरामी परीक्षण गर्नुपर्दा सेवा लिन बिरामीले ३ देखि ४ घण्टा प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।
त्यस्तै, अस्पतालमा दूरबिनको सहायताले गरिने शल्यक्रियाको लागि २ महिना, यूरो सर्जन गर्न ४ हप्ता, नाक, कान, घाँटीको शल्यक्रिया गर्न १२ हप्ता , नयाँ हेमोडाईलासिस सेवाका लागि ४ देखि ५ महिना कुर्नुपर्ने अवस्था छ । अस्पतालमा मेसिनरी उपकरणको अभावले डेन्टल इम्प्लान्ट, थेरासिस उपचार, कार्डियाक भाष्कुलर सेवा, आँखाको लेजर, रेटिना केयर लगायतका सेवासमेतउपलब्ध हुन सकेको छैन ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया