चालकको अवस्थाप्रति रविको भावुक स्टाटस : चोट लागेको बेला नुन चुक बोकेर नआउनु होला
काठमाडौं । रास्वपाका सभापति रवि लामेछानेले आफ्ना गाडी चालक शम्भु थापाको अवस्थामा सुधार आएको बताएका छन् । सोमबार फेसबुकमा एक स्टाटस लेख्दै उनले थापाको अवस्थाबारे जानकारी दिएका हुन् ।
आफू नेता भन्दा पहिले मानिस भएको भन्दै चोट लागेको समय सहानुभूति र प्रार्थनाको सट्टा नुन चुक बोकेर नआउन रविले आग्रह गरेका छन् ।
‘बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला।’ उनले भावुक हुँदै लेखेका छन् ।
रविले आफ्ना सहयोगी अस्पतालको शैयामा संघर्ष गरिरहेको हुनाले उसका लागि सबैमा प्रार्थना र स्वास्थ्य लाभको कामना गर्न अनुरोध गरे । राजनीति गर्न पुरै जीवन बाँकी रहेको हुँदा यस्तो संवेदनशील समयमा मौका नछोप्नसमेत उनकाे आग्रह छ। चालक थापा बिहान उनकै निवासको तीन तलामाथि छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया