कोरोना भाइरसः चीनमा घरबाट बाहिर निस्किन प्रतिबन्ध
काठमाडौं । चीनको जिलिन प्रान्तमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध थप कडा बनाइएको छ । लाखौं जनसंख्या भएको यस क्षेत्रमा दैनिक धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।
जिलिन सहरका अधिकारीले कोरोना प्रतिबन्ध थप कडा बनाउने घोषणा गर्दै आगामी सातादेखि घरबाहिर निस्किन नपाउने बताएका छन् ।अधिकारीहरूले भनेका छन्, ‘ठूलो मात्रामा परीक्षण पूरा नभएसम्म आफ्नो घरबाट बाहिर ननिस्कनुहोस् ।’
जिलिन प्रान्तको ९० लाख जनसङ्ख्या भएको सहर चाङचुङमा पहिले मानिसलाई खाना र पेयपदार्थ किन्न पसलसम्म पुग्ने अनुमति दिइए पनि अहिले त्यो सुविधा खारेज गरिएको छ । मानिसहरूलाई अब उनीहरूको आवासीय परिसर भित्रै बस्न भनिएको छ ।
दक्षिणी सहर सेन्जेनमा बिस्तारै प्रतिबन्धहरू खुकुलो पारिएको छ । निर्माण र ठूला प्राविधिक कम्पनीको यो सहरमा सोमबारदेखि सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया