थप १०८ जनामा कोरोना संक्रमण, ६६ निको

काठमाडौं । बुधबार १०८ जना कोरोनाका संक्रमित थपिएका छन् । २ हजार ४५० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टाको अवधिमा ३८६ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज ६६ जना निको भइ घर फर्किएका छन् । केही समयअघि सम्म मत्थर रहेको कोरोना चैत लागेपछि भने बढ्न थालेको हो ।
मंगलबार कोरोनाले एकैदिन दुई जनाको मृत्यु भएको थियो । मन्त्रालयले कोरोनाको केस बढेसँगै सावधानी अपनाउने अपिल गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया