पठानबाट शाहरुखले पाए दुई सय करोड पारिश्रामिक

एजेन्सी । शाहरुख खान अभिनित फिल्म पठानले कमाईको सबै रेकर्ड तोडेको छ । फिल्मले विश्वभर १०५० करोडभन्दा बढी कलेक्सन गरेर इतिहास रचेको छ । अब पछिल्लो रिपोर्ट अनुसार शाहरुखले यो फिल्मको लागि एक रुपैया पनि लिएका छैनन् ।
सामान्यतया चलचित्र साइन गरेपछि कलाकारले आफ्नो निश्चित पारिश्रमिक लिने गरेको देखिन्छ तर शाहरुखले त्यसो गरेनन् । शाहरुखले कुनै शुल्क नलिई फिल्मको कमाईको ६० प्रतिशत हिस्सा लिएका थिए । त्यस अनुसार पठानबाट उनले करिब २०० करोड कमाएका छन् ।
फिल्म निर्माण गरेको यशराज फिल्म्सले ३३३ करोड नाफा कमाएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार पठानले भारतमा मात्रै ५४५ करोड भारु जम्मा गरेको छ । विदेशमा हुँदा फिल्मले ३९६.०२ करोड कमाएको थियो । यस अनुसार फिल्मको कुल कमाई १०५० करोड नाघेको छ । जसमध्ये भारतीय वितरकले २४५ करोड र विदेशी वितरकले १७८ करोड प्राप्त गरेका छन् ।
विगत दुई वर्षदेखि बलिउडमा फिल्म नगलेपछि उत्पादक र वितरकले ठूलो घाटा बेहोरेका छन् । यस्ताे अवस्थामा पठानले हिन्दी फिल्म उद्योगलाई अक्सिजन दिएकोे पनि बताइन्छ ।
पछिल्लो समय दृश्यम २, भूल भुलैया २, गंगुबाई काठियावाडी र द कश्मीर फाइल्स जस्ता केही फिल्मलेमात्रै बक्स अफिसमा राम्रो व्यापार गरेका थिए ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया