९ महिनामा १० खर्ब ८३ अर्बको व्यापारघाटा, पेट्रोल मात्रै ४९ अर्बको आयात
काठमाडौं । चालु आव २०७९/८० को ९ महिना (साउन-चैत्र) सम्मको अवधिमामा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको वस्तु वस्तु आयात भएको छ ।
जुन गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
१ खर्ब १८ अर्बको निर्यात
तथ्यांकअनुसार चालु आवको ९ महिना अवधिमा वस्तु निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
१० खर्ब ८३ अर्बको व्यापारघाटा
चालु आवको चैत्रसम्ममा आइपुग्दाम व्यापार घाटा झन् बढेको छ । चालु आवको चैत्र मसान्तसम्म आइपुग्दा नेपालको विभिन्न मूलुकसँग १० खर्ब ८३ अर्ब २२ करोड रूपैयाँ पुगेको छ ।
२ खर्ब ७६ अर्बको राजश्व संकलन
चालु आवको ९ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले २ खर्ब ७६ अर्ब ५ करोड रूपैयाँको राजश्व संकलन गरेको छ ।
पेट्रोल मात्रै ४९ अर्बको
चालु आवको ९ महिनाको अवधिमा पेट्रोल मात्रै ४९ अर्बको आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल आयात हुँदा सरकारले २७ अर्ब १ करोड राजश्व संकलन गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया