माई खोला हाइड्रोपावरको आइपीओ बिक्री खुला
काठमाडाैं । माई खोला हाइड्रोपावरले आज (वैशाख ८) गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १५ लाख २९ हजार ४११ कित्ता खुला गरेको छ ।
जसमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
उक्त आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । जसमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ ।
सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया