NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले तत्कालिन क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालिन सेञ्चुरी (प्रभु) बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

केन्द्रिय बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै १० लाख  रूपैयाँ जरिवानासमेत तिराएको छ  ।

केन्द्रीय बैंकले कुमारी बैंकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुंदा निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

तत्कालीन कुमारी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुंदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले तत्कालिन एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम ५ लाख जरिवाना गराएको छ ।

राष्ट्र बैंकले तत्कालिन सेञ्चुरी हालको प्रभु बैंकलाई बैंकले २०७९ साउन र भदौमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै २ करोड ८४ लाख ७३२ रुपैयाँ जरिवाना गराएको छ ।

त्यस्तै नेपाल बैंकलाई २०७९ साउन महिनामा कर्जा निक्षेपअनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले १८ लाख ५९ हजार जरिवना कायम गरेको छ ।

राष्ट्र बैंकले नबिल बैंक लिमिटेडलाई साउन भदाै र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै  ६ करोड ४६ लाख ४५ हजार जरिवना तिराएको छ ।

ग्लोबल आइएमई बैंकलाई २०७९ भदौ र असोजमा कर्जा निक्षेप अनुपात कायम नभएको भन्दै राष्ट्र बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ जरिवाना गराएको छ ।

हिमालयन बैंकलाई २०७९ भदाै महिनामा कर्जा निक्षेप अनुपात कायम नभएको भन्दै राष्ट्र बैंकले ७१ करोड ७२ लाख जरिवना तिराएको छ भने कृषि विकास बैंकलाई २०७९ भदाै महिनामा नै कर्जा निक्षेप अनुपात नमिलाएको भन्दै ६९ करोड ५८ लाख जरिवाना गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष