अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासहित तीन जनाविरुद्ध र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया