NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

गोठाटारमा ‘स्मार्ट सिटी’ अन्तर्गतको जग्गाको नक्सा नै परिवर्तन गरी भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्सा नै परिवर्तन गरी भ्रष्टाचारजन्य काम गर्ने दुई नापी अधिकृतसहित आठजना विरूद मुद्दा दायर गरेको छ ।

आयोगले नापी कार्यालय, चाबहिलका तत्कालिन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन, नापी अधिकृत रवि शंकर पाण्डे, सर्भेक्षक रामनारायण यादव, मालपोत कार्यालय, चाबहिलका तत्कालिन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले, नायब सुब्बा उत्तम कुवँर, झापास्थित कमल गाउँपालिका वडा नं २ का योगेन्द्र आचार्य, कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ का सिताराम अधिकारी र नविन दाहालविरूद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले साविक गोठाटार र मुलपानी गा.वि.स वडा नं १ खका कित्ताहरू प्राधिकरणको सहमतिबिनै स्मार्ट सिटी अन्तर्गतको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडेर नक्सामै नभएको क्षेत्रफललाई कित्ताकाट गेरेको उजुरी परेको थियो ।

सोही उजुरीमाथि छानविन गर्दा उनीहरूले अनाधिकृत रूपमा नक्सा परिवर्तन गरी टायल चेबबाट क्षेत्रफलमा बढी कायम गर्ने र त्यसअनुसारको राजीनामा लिखत पारित गरी गलत लिखत तयार पारेको अनुसनधानमा देखिएको छ ।

उनीहरूविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । प्रतिवादी सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष