कैलालीमा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते
सहजपुर । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया