थप एक कोरोना संक्रमितको मृत्यु, ३८३ जना सक्रिय संक्रमित
काठमाडाैं । शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार १४८ जनाको नमुना परीक्षण गर्दा ७८ जना कोरोना संक्रमित थपिएको र एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेकाे मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
केही समयदेखि कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले सर्तकता अपनाउनुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दै आइरहेको छ । आज संस्थागत आईसोलेसनमा २५, आई.सी.युमा ७ र भेन्टिलेटरमा ३ जना संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया