पदमुक्त भए गण्डकी प्रदेशका मुख्यमन्त्री
काठमाडौं । विश्वासको मत पाउन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्।
आज प्रदेश सभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उनको पद गएको हो ।
अधिकारीले राखेको उक्त प्रस्तावमा एमालेका २२, राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।
माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा उनी गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया