प्रहरी प्रशासनकाे मिलेमतोमा बारा–२ मा जसपाले बुथ कब्जा गर्यो : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ को विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।
उपनिर्वाचनको क्रममा वस्तुगत अवस्था बुझ्न आइतबार केही मतदान केन्द्रमा उनले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए हुन् ।
‘बेलडारी, झिटकैयासहितका बुथहरु अहिले पनि कब्जा भएको उनको आरोप छ । बेलटारी, झिटकैया बुथमा विहानैदेखि बुथ कब्जा भइरहेको छ । पचरौताको बेलडारी बुथमा हाम्रा प्रतिनिधिलाई छिर्नै दिइएको छैन । हामीले पुलिस प्रशासनलाई हामीले प्रशासनलाई आग्रह गरेका छौं तर उनीहरूले सुनिरहेका छैनन्’, उनले भने ।
प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा गरी त्रासको वातावरण सिर्जना गरिएको उनले आरोप लगाए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया