तनहुँमा स्वर्णिम तेब्बर मतले अगाडि, पछ्याउँदै गोविन्द
काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७ हजार २९३ मतसहित अग्रता कायमै राखेका छन् ।
सुरुवाति चरणदेखि अग्रता कायम राखेका वाग्लेले प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अग्रता बढाउँदै लगेका छन् । ४ हजार ५९ मतान्तरले वाग्लेले अग्रता कायमै राख्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २३४ मत पाएका छन् ।
यसै गरी, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया