NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

क्रिकेटर सन्दीपविरूद्धको मुद्दामा आज अन्तिम सुनुवाई हुने

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा अन्तिम सुनुवाईका लागि चौंथो नम्बरमा पेशी तोकिएको छ ।

यसअघि चैत २६ गते उक्त मुद्दामा चिकित्सकसहित दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।

शुरूमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरे पनि उच्च अदालत पाटनले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष