NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

सन्दीप लामिछानेको मुद्दामा अन्तिम बहस सुरू

काठमाडाैं । एक किशोरीमाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा अन्तिम बहस सुरू भएको हो ।

यसअघि चैत २६ गते उक्त मुद्दामा चिकित्सकसहित दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।

सुरूमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरे पनि उच्च अदालत पाटनले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको थियो ।