मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी
काठमाडाैं । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले त्यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न ज्ञापनमार्फत मागसमेत गरेको छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रेमप्रकाश भट्टले निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सोही अनुसार निर्माण कार्यको लागत बढाउन माग गरे । अहिले छड, सिमेन्ट लगायतको निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘डेढदशक अघि पनि यसरी मूल्यवृद्धि हुँदा सरकारले निर्देशिका बनाएर मूल्यवृद्धि समायोजन गरेको थियो,’ अध्यक्ष भट्टले भने, ‘यो पटक पनि मूल्यवृद्धिका बारेमा सरकारको ध्यान जाओस भनेर ज्ञापन दिएका हौं ।’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया