कांग्रेसको गढ भनिएको तनहुँ–१ मा स्वर्णिमको सानदार जित
काठमाडौं । तनहुँ–१ मा कांग्रेसको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।
निकटतम् द्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् । ३४ हजार ९१८ मतसहित वाग्ले विजयी हुँदा भट्टराईले २० हजार १२२ मत पाए ।
वाग्लेले पाएको मत मंसिरमा भएको निर्वाचनमा राष्ट्रपतिसमेत रहेका रामचन्द्र पौडेलले पाएको भन्दा ९ हजार ६००ले बढी हो । पौडेलले २५ हजार ३१८ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत पाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया