कांग्रेसको गढ भनिएको तनहुँ–१ मा स्वर्णिमको सानदार जित
काठमाडौं । तनहुँ–१ मा कांग्रेसको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।
निकटतम् द्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् । ३४ हजार ९१८ मतसहित वाग्ले विजयी हुँदा भट्टराईले २० हजार १२२ मत पाए ।
वाग्लेले पाएको मत मंसिरमा भएको निर्वाचनमा राष्ट्रपतिसमेत रहेका रामचन्द्र पौडेलले पाएको भन्दा ९ हजार ६००ले बढी हो । पौडेलले २५ हजार ३१८ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत पाएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया