बारामा उपेन्द्रले कटाए १५ हजार मत

काठमाडाैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजारभन्दा बढी मतसहित अग्रस्थान कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले १५ हजार ९८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएका छन् ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले भने २ हजार १२९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया