शिक्षकहरूले चैत र वैशाखको पेन्सन एकैपटक पाउने
काठमाडौं । बजेट अभावका कारण अर्थ मन्त्रलयलेले रकम निकासा गर्न नसकेपछि शिक्षकहरूले चैत महिनाको पेन्सन पाउन सकेनन् ।
निवृत्तिभरण व्यवस्थापन कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठका अनुसार चैत महिनामा ३० हजार शिक्षकले पेन्सन पाएनन् । ४० करोड रूपैयाँ नपुगेपछि उनीहरू पेन्सन पाउनबाट वञ्चित भएका हुन् ।
हाल पेन्सन पाउन शिक्षक संख्या ५१ हजार ३०८ रहेको उनले जानकारी गराए ।
चैत महिनामा पेन्सन नपाएकाहरूले अब वैशाख महिनामा एकैपटक दुई महिनाको पेन्सन पाउने भएका छन् । ‘अर्थले बजेट पठाउन नसकेका कारण ढिला भएको हो । अहिले तीन अर्ब रूपैयाँ निकासा भइकेको छ,’ उनले भने, ‘पेन्सन नपाउनेहरूले बैशाखमा दुवै महिनाको एकैपटक भुक्तानी पाउनुहुनेछ ।’ उनका अनुसार पेन्सन नपाउने शिक्षकहरूले वैशाख १५ देखि २२ गतेभित्र भुक्तानी पाइसक्छन् ।
निवृत्तीभरण कार्यालयले निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायतको पेन्सनको भुक्तानी गर्दै आएको छ । श्रेष्ठका अनुसार हरेक आर्थिक वर्षमा पेन्सनमा ६० देखि ७० अर्ब खर्च हुँदै आएको छ । मासिक रूपमा पाँचदेखि ६ अर्ब बजेट पेन्सनका लागि खाँचो पर्छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया