दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि ( यहि जेठ २ गतेदेखि २०८१ जेठ २ गते) सम्म मुद्दती निक्षेपमा राख्न चाहेको हो ।सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड २ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
बैंकले यही वैशाख १७ गते राति १२ बजेसम्म बैंक तथा वित्तिय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया