वामदेवको सांसद पद खारेजसम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो बहस नोट
काठमाडौं । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले बहस नोट मगाउने आदेश दिएको छ ।
बुधबार सुनुवाइपछि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले बहस नोट मगाउने आदेश दिएको हो।
२०७४ मा तत्कालीन ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्याभण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।
प्रतिनिधिसभा सदस्यमा पराजित व्यक्तिलाई एउटै कार्यकालमा मनोनित गर्न नमिल्ने भन्दै अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति र सरकारविरूद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया