प्रतिस्पर्धीलाई पछि पार्दै विश्वकर्मा बने ‘हिमालय लोकस्टार’
काठमाडौं । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पिएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन् ।
“मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ”, उनले भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले रु तीन लाख नगदसहित पुरस्कार गरे । यस्तै क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरे ।
भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया