भारतमा कोरोना संक्रमितको संख्या घट्यो
नयाँदिल्ली । अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने आज नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।
हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया