वैदेशिक रोजगार बचतपत्र विक्री गर्दै केन्द्रीय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने भएको छ । बैंकले पाँच वर्षे अवधिको ९७ करोड ७५ लाख ७० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्न लागेको जनाएको छ ।
उक्त बजतपत्रको ब्याजदर ११ प्रतिशत रहेको छ भने विक्री अवधि जेठ २४ गतेसम्म तोकिएको छ । बैंककाअनुसार बचतपत्र खरीदकर्ताले ६/६ महिनामा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । जसमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नको लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नको लागि यस बैंकको वेबसाइटभित्र रहेको अनलाइन प्रणालीमार्फत्आवेदन पेश गर्न सक्ने ब्यवस्था गरिएको छ । यसका अतिरिक्त यस बैंकको वेबसाईटबाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाईन आवेदन भर्न सकिने व्यवस्था समेत गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया