६ वर्षदेखि फरार एमाले पूर्वसांसद जेल चलान
काठमाडौं । सरकारी सहीछाप कीर्तेसम्बन्धी मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफन खातुन जेल चलान भएकी छन् ।
अदालतबाट कैद सजाय सुनाएपछि फरार उनले शुक्रबार जिल्ला अदालत मोरङसमक्ष आत्मसमर्पण गरेकी थिइन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
उनीमाथि मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप कीर्ते गरेको अभियोग लागेको थियो । यही अभियोग लगाउँदै जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएकोमा ०७४ वैशाख ३१ गते तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो । खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई पनि उक्त प्रकरणमा दोषी ठहर्याउँदै अदालतले सजाय सुनाएको थियो ।
अदालतबाट कैद सजाय सुनाइए पनि खातुन राजनीतिक प्रभाव र पहुँचका आधारमा ६ वर्षदेखि फरार रहँदै आएकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया