दुबईका शासक शेखद्वारा दुई छोरालाई उपशासकमा नियुक्त
काठमाडौं । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमले आफ्ना दुई छोरालाई डेपुटी गभर्नरमा नियुक्त गरेका छन् ।
दुबई मिडिया अफिसले एक ट्विट गर्दै मकतमुले शुक्रबार उनीहरूलाई डेपुटी गभर्नरमा नियुक्त गरेको जनाएको छ ।
दुबई मिडियाका अनुसार, मकतूम बिन मोहम्मदलाई पहिलो र अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ ।
मकतूम बिन मोहम्मदले यसअघि नै संयुक्त अरब इमिरेट्सको उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् भने उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष हुन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया