नेपालले युएईलाई पराजित गरे भारत र पाकिस्तानसँगै खेल्ने
विश्व क्रिकेटकै ‘पावरहाउस’ भारत र पाकिस्तानसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सपना अब एक खेल मात्रै टाढा छ । एसिसी प्रिमियर कप– २०२३ को फाइनलमा स्थान बनाएसँगै नेपाल ऐतिहासिक उपलब्धिनजिक पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा सोमबार हुने फाइलनमा युएईलाई पराजित गरे नेपालले एसिया कप खेल्नेछ । एसिसी प्रिमियर कप विजेताले एसिया कपको समूह ‘ए’का भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । नेपालले हालसम्म एसिया कपमा स्थान बनाएको छैन ।
युएई बलियो प्रतिद्वन्द्वी हो, तर दबाब नलिई खेल्ने नेपाली टोलीको रणनीति हुनेछ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले फाइनल जित्ने अवसर आएको बताए । उनले युएईविरुद्धको खेलमा दबाब नलिने रणनीति अपनाइने बताए । ‘फाइनल जित्ने अवसर आएको छ । अब, भारत र पाकिस्तानसँग खेल्नु छ । त्यसैले फाइनललाई महत्व दिनुपर्छ,’ उनले भने, ‘दुवै टोलीलाई फाइनल उत्तिकै महत्वपूर्ण छ । दबाबलाई सहज रूपमा लिने टोलीले जित निकाल्न सक्छ । हाम्रो ध्यान दबाब नलिनेमै हुनेछ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया