एसिसी प्रिमियर कप फाइनल : नेपालले फिल्डिङ रोज्यो, दीपेन्द्र सिंह बेन्चमा
काठमाडौं । एसिसी प्रिमियर कप फाइनलअन्तर्गत युएईविरुद्धको खेलमा घरेलु टिम नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको हो । योसँगै युएईले ब्याटिङ गर्ने भएको छ ।
कुवेतलाई सेमिफाइनलमा रोकेर फाइनलमा स्थान बनाएको नेपाल आज जित निकाल्नुपर्ने दबाबमा छ । आजको खेलमा जित निकालेमा नेपालले एसिया कम खेल्न पाउनेछ ।
आजको खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा नेपालले गुल्सन झालाई अवसर दिएको हो ।
प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया