टोटनहममाथि लिभरपुलको कठिन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग टोटनहम पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलान्तरमा परास्त गरेको हो ।
कुर्टिस जोन्सले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि लुइस डियाज र १५औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । पहिलो हाफको ३९औं मिनेटमा ह्यारी केनले १ गोल गरेर खेललाई ३–१ को अवस्थामा ल्याए । खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले टोटनहमका लागि गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर इन्जुरी समयको चौथो मिनेटमा नै डिएगो जोटाले अर्को गोल गर्दै ४–३ को अवस्थामा पुर्याएर टोटनहमलाई स्तब्ध पारे ।
योसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोड्दै पाँचौं स्थानमा छ भने टोटेनहम ५४ अंक जोडेर छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया