एमालेका फरार सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीले माग्यो संसदको सहयोग
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सांसद लक्ष्मी महातो कोइरी फरार रहेको पत्र दोस्रोपटक संसद सचिवालयलाई पठाएको छ ।
सचिवालयलाई पठाएको सूचनामा सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको तारेख गुजारी कोइरी फरार रहेको उल्लेख छ ।
प्रहरी कार्यालयबाट पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टी गरेका छन् । प्रहरी कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयलाई पत्र पठाएको थियो ।
१५ वैशाखमा बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आफू विरामी भएको भन्दै फरार सांसद कोइरीले पठाएको पत्रलाई स्वीकृत गरेका थिए । तर सत्तापक्षकै सांसदहरूले विरोध जनाएपछि अर्को बैठकले निर्णय गर्ने सभामुखले घोषणा गरेका थिए ।
रास्वपाका सांसदहरूले फरार अभियुक्तलाई विरामी भएको भन्नु लोकतन्त्रकै अपमान भएको टिप्पणी गरेका थिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया