नेपालमा ४६ हजार जना दृष्टिविहिनको समस्यामा
काठमाडौं । नेपालमा ४६ हजार मानिस दृष्टिविहिनको समस्यामा रहेको सरोकारवालाहरूले बताएका छन् । आइतबार नेपाल नेत्र ज्याेति संघले गोदावारीमा आयोजना गरेको कार्यक्रममा संघका कार्यकारी निर्देशक शैलेस कुमार मिश्रले नेपालमा ४६ हजार मानिस दृष्टिविहिनको समस्याबाट गुज्रिरहेको बताएका हुन् ।
डा.मिश्रले प्रदेशगत हेर्दा लुम्बिनी, मधेश र सुदुरपश्चिम प्रदेशमा दृष्टिविहिनको समस्या कम देखिएको कार्यक्रममा उल्लेख गरेका थिए । उनले आँखामा देखिने सबै समस्याको उपचार सम्भव भएको र यसको लागि पहुँच बढाउन आवश्यक रहेको कार्यक्रमा बताएका थिए । उपचार सम्भव नभएकाहरूका पनि पुन :स्थापना गर्न सकिने बताउँदै उनले जनचेतना बढाउन पहल गर्नुपर्ने उल्लेख गरे । उनले आँखा स्वास्थ्य सेवाको लागि सरकारी र गैरसरकारी संस्थाहरूले जोड दिने आवश्यक भएको औल्याए ।
कार्यक्रममा नेत्र ज्याेति संघका अध्यक्ष चेत राज पन्तले आँखा समस्याबारे अझै पनि मानिसहरू सचेत नभएको बताउँदै आँखा स्वस्थ हुँदा झण्डै ३ प्रतिशत मृत्युदर घट्ने बताए । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. सबिना श्रेष्ठले आँखामा देखिने विभिन्न समस्याबारे बताएकी थिइन् ।
कार्यक्रमा इन्टरनेसनल ‘एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ का क्षेत्रीय संयोजक युद्ध सापकोटाले ८० प्रतिशत आँखाको समस्या समाधान गर्न सकिने जानकारी दिए ।
उनले दृष्टिविहिन हुनुमा मातियाबिन्दु प्रमुख कारण रहेको कार्यक्रमा बताए । विश्वमा २ अर्ब २० करोड मानिसमा कुनै न कुनै दृष्टिको समस्या रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया