यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु
काठमाडाैं । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो ।
स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा मस्जिद बगाउँदा त्यहाँ रहेका चार जनाको मृत्यु भएको छ ।
बाढीले आसपासका घरमा समेत क्षति पु¥याएको छ । यो प्रान्त सन् २०१४ देखि हुथी समूहको नियन्त्रणमा छ । हुथी विद्रोहीले प्रान्तमा नियुक्त गरेका अधिकारी अदेल इसाले भारी वर्षा र मुसलधारे बहावका कारण बाँध भत्किएको बताए ।
सानाका अधिकारीहरूले घटनास्थलमा दुईवटा उद्धार र एम्बुलेन्स गाडीहरू पठाएको उनले बताए ।
यसैबीच, यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले अल महविटलगायत विभिन्न प्रान्तका नागरिकलाई भारी वर्षाको चेतावनी जारी गर्दै वर्षाको समयमा र पछि मुसलधारे बाटो, बेंसी र चट्टानहरूमा यात्रा नगर्न सल्लाह दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया