यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

काठमाडाैं । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो ।
स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा मस्जिद बगाउँदा त्यहाँ रहेका चार जनाको मृत्यु भएको छ ।
बाढीले आसपासका घरमा समेत क्षति पु¥याएको छ । यो प्रान्त सन् २०१४ देखि हुथी समूहको नियन्त्रणमा छ । हुथी विद्रोहीले प्रान्तमा नियुक्त गरेका अधिकारी अदेल इसाले भारी वर्षा र मुसलधारे बहावका कारण बाँध भत्किएको बताए ।
सानाका अधिकारीहरूले घटनास्थलमा दुईवटा उद्धार र एम्बुलेन्स गाडीहरू पठाएको उनले बताए ।
यसैबीच, यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले अल महविटलगायत विभिन्न प्रान्तका नागरिकलाई भारी वर्षाको चेतावनी जारी गर्दै वर्षाको समयमा र पछि मुसलधारे बाटो, बेंसी र चट्टानहरूमा यात्रा नगर्न सल्लाह दिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया