नेपाल र युएईबीचको खेल सुरु
काठमाडौं । एसिसी प्रिमियर कप फाइनलअन्तर्गत नेपाल र यूएईको सोमबार स्थगित खेल अहिले बिहान ९ बजेबाट सुरु भएको छ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । पूर्वनिर्णयअनुसार सोमबारकै अवस्थामा खेल अघि बढाइएको हो ।
सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।
एसिसी प्रिमियर कपको फाइनलमा जित हासिल गर्ने टिमले एसिया कप खेल्न पाउनेछन् । त्यसैले दुवै टिम जित निकाल्ने दाउमा छन् ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि वर्षाको सम्भावना औंल्याएकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ । यसमा पनि नतिजा निकाल्न नसकिएमा आइसिसी वरीयताका आधारमा निर्णय लिइनेछ । आइसिसी वरीयतामा युएईभन्दा नेपाल अगाडि छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया